भेडेटार–रवि–राँके सडक सञ्चालनमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १७:४२

धनकुटा । भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गत धनकुटाको भेडेटार–नाम्जे भाग पुनः सञ्चालनमा आएको छ ।

थुम्की क्षेत्रमा हिलोसहितको लेदो र गेग्रान खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । जसका कारण यात्रुवाहक तथा ढुवानीका सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए ।

Advertisement

सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेक निर्माण कम्पनीले बुधबार दिनभर निरन्तर प्रयास गरी पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः सुचारु भएको हो । सडक खुल्नेबित्तिकै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् । यात्रुहरूले पनि सहज आवागमन गर्न पाएका छन् ।

हाल उक्त क्षेत्रमा सडक विस्तारसँगै कालोपत्रे गर्ने तयारी भइरहेको छ । निर्माण कार्यकै क्रममा भिरालो भू–भाग कमजोर बनेका कारण वर्षा लागेसँगै पहिरो खस्ने जोखिम बढेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार सम्बन्धित निकायले निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.