सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १९:१४

काठमाडौं । सिंहदरबारभित्र सञ्चालित एउटा क्यान्टिनलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको हाम्रो खाजा घरमा म्याद नाघेको दही फेला परेपछि विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार उपभोक्ताको गुनासो र उजुरीका आधारमा बुधबार गरिएको आकस्मिक अनुगमनका क्रममा खाजा घरमा म्याद गुज्रिएको दही फेला परेको थियो ।

Advertisement

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ)बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.