लिपुलेक सम्झौतामा रास्वपाको आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार ०६:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिपुलेक क्षेत्रका विषयमा नेपाललाई जानकारी नै नदिई दुई छिमेकी मुलुक भारत र चीनबीच भएको व्यापारिक सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले नेपालको सार्वभौमसत्तासँग जोडिएको विषयमा गरिएको द्विपक्षीय सहमतिप्रति कडा आपत्ति जनाउँदै सरकारले यसबारे कुटनीतिक नोट पठाइसकेको जानकारी दिए । उनले सीमा विवादजस्तो संवेदनशील विषयलाई उत्तेजनाभन्दा पनि कुटनीतिक र राजनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखे ।

Advertisement

सरकार समस्या समाधानका लागि आवश्यक तयारीमा रहेको र संवादकै माध्यमबाट निकास निकाल्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । पराजुलीले नेपाललाई बेवास्ता गरेर गरिएको कुनै पनि सहमति नेपालका लागि मान्य नहुने दोहोर्‍याउँदै सरकारले स्पष्ट अडानका साथ पहल अघि बढाइसकेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.