पत्रकार महासंघ मोरङको साधारणसभा जेठ ७ गते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ०९:५८

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ ७ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको ११ औं बैठकले उक्त निर्णय लिएको हो । बैठकले साधारणसभासँगै महासंघका अन्य कार्यक्रमहरू पनि तय गरेको छ ।

Advertisement

महासंघ मोरङको आयोजनामा वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म तथ्य जाँच (फ्याक्ट चेक) सम्बन्धी आवासीय तालिम सञ्चालन गरिने भएको छ । तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले वैशाख २७ गतेभित्रमा नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघको २०८२ सालको सदस्यता नवीकरण बाँकी रहेका सम्पूर्ण साधारण सदस्यहरूलाई साधारणसभा अघि जेठ ६ गतेभित्र अनिवार्य रूपमा सदस्यता नवीकरण गरिसक्न आग्रह गरिएको छ । महासंघले साधारणसभा सफल बनाउन आवश्यक तयारी तीव्र पारेको जानकारी सचिव अधिकारीले दिए ।

तपाइको प्रतिक्रिया
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 
कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ
प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो
सुनको मूल्य तीन लाखनजिक, चाँदीको पनि बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.