हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १२:३५

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत गरिएको प्रधान न्यायाधीशको सिफारिसप्रति कडा असन्तुष्टि जनाएका छन् ।

उनले संसद् छलेर अध्यादेश ल्याइएको र न्यायपालिकाको वरीयता मिचिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्नु सरकारको ठूलो गल्ती भएको बताएका हुन् । सुशासन र विधिको शासनको नारा दिएर सत्तामा पुगेकाहरूले नै प्रक्रिया मिचेको उनको आरोप छ ।

Advertisement

उनले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराइएको दाबी गर्दै यस्तो कार्य गलतलाई सही ठहर गर्ने प्रयास भनेर टिप्पणी गरेका छन् । नियुक्तिपछि अदालतबाट आफूअनुकूल निर्णय गराउने राजनीतिक र कानुनी स्वार्थ लुकेको आशंका पनि उनले व्यक्त गरेका छन् ।

साम्पाङले सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी विषयलाई समेत जोड्दै सिफारिस प्रक्रियामाथि शंका व्यक्त गरेका छन् । बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर प्रभाव सिर्जना गरिएको दाबी पनि उनको छ ।

यस्तै, साम्पाङले आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रबीकुमारी ठाकुरले वरीयता उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । विधि र प्रक्रिया मिचेर गरिने निर्णयको श्रम संस्कृति पार्टीले सधैं विरोध गर्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 
कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ
प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.