दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १४:२०
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । सरकारले विभिन्न आठ वटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको छ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३’ जारी गर्दै छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारहरूबाट १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

नयाँ कार्यविधिअनुसार उपकुलपति बन्नका लागि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र उच्च प्राज्ञिक योग्यता भएको हुनुपर्ने कडा प्रावधान राखिएको छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयले उपकुलपतिका लागि आवेदन खुलाएका हो ।

Advertisement

कार्यविधिअनुसार उपकुलपति पदका लागि ४० वर्ष उमेर पूरा भई मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेको हुनुपर्नेछ । यस्तै, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको र शैक्षिक व्यवस्थापनमा उत्कृष्ट सीप प्रदर्शन गरेका व्यक्तिहरू मात्र आवेदनका लागि योग्य मानिनेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको हकमा भने सम्बन्धित विषयमै विद्यावारिधि गरेको हुनुपर्ने प्रावधान छ ।

यस पटकको छनोट प्रक्रियामा नैतिकता र गैर राजनीतिक चरित्रलाई विशेष प्राथमिकता दिइएको छ । आवेदकले हाल आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको र विश्वविद्यालयसँग कुनै पनि प्रकारको स्वार्थ नबाझिएको भनी स्वघोषणा गर्नुपर्ने छ । साथै, उम्मेदवार उच्च नैतिक चरित्र भएको र नेपाली नागरिक हुनुपर्नेछ ।
इच्छुक आवेदकले आफ्नो ‘सोचपत्र’ (भिजन पेपर) र ‘रणनीतिक कार्ययोजना’ (स्ट्राटेजिक एक्सन प्लान) पेस गर्नुपर्नेछ । प्राप्त आवेदनहरूमध्येबाट १० जना उम्मेदवारको अल्पसूची (सर्ट लिस्ट) प्रकाशन गरिने छ ।

उम्मेदवारको सोचपत्र र कार्य योजनालाई विज्ञहरूबाट गोप्य रूपमा मूल्यांकन गराइने छ । त्यसपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा कुल १०० पूर्णाङ्कमा मूल्यांकन गरी उपकुलपतिको सिफारिस गरिने समितिले जनाएको छ । एक व्यक्तिले अधिकतम दुई वटा विश्वविद्यालयका लागि मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३’ बमोजिम जारी गरिएको यो नयाँ कार्यविधिले विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्य र सक्षम प्राज्ञिक नेतृत्व चयन हुने अपेक्षा गरिएको छ । विस्तृत कार्यविधि र सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×