एसएसपीमा बढुवा भए ७ जना एसपी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ०६:३१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत ७ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)लाई एसएसपी (सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा गरिएको छ ।

दीपककुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की एसएसपीमा बढुवा भएका हुन् । उनीहरुलाई बढुवा समितिले वैशाख ११ गते एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.