
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत ६ जना एसएसपी (सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक)हरूलाई डीआईजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक)मा बढुवा गरिएको छ ।
डीआईजीमा बढुवा हुनेमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की छन् । उनीहरुलाई शुक्रबार बढुवा गर्ने निर्णय गरिएको हो ।
बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजी बढुवाका लागि वैशाख ११ गते सिफारिस गरेको थियो । सुधन गुरुङको राजीनासँगै अहिलेको सरकार गृहमन्त्रीविहीन छ । गृह मन्त्रालय पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हालिरहेका छन् ।



















