झापामा बस र टिपर ठोक्किँदा १० जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १३:११

बिर्तामोड । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा शनिबार बिहान ११ बजेतिर यात्रुवाहक बस र टिफर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र २–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडक खण्डमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित बसमा सवार यात्रुहरू योगमाया निरौला, कल्पना उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिग्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ । अन्य घाइतेहरूको गौरादह नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि प्रहरीले टिपर चालकसहित दुवै सवारी साधन नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र सडकको साँघुरोपन दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.