खारेजीमा परेका कर्मचारी संगठनद्वारा आईएलओमा उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १५:५३

काठमाडौं। खारेजीमा परेका निजामती कर्मचारी संगठनहरूले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरीत भएको भन्दै उनीहरूले स्विजरल्यान्डको जेनेभास्थित आईएलओको मुख्य कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनहरूको सहभागितामा उजुरी दिइएको विघटित नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिइन् ।

Advertisement

सरकारले गत साता केही अध्यादेश जारी गर्दै सरकारी निकायमा ट्रेड युनियनसम्बन्धी गतिविधि गर्न पूर्ण रूपमा बन्देज लगाएको थियो। नेपाल आईएलओको अभिसन्धीको पक्ष राष्ट्र भएको अवस्थामा कानुन ल्याएर यस्ता गतिविधि रोक्न नमिल्ने कर्मचारीहरूको जिकिर छ ।

उजुरीपछि आईएलओको नेपाल कार्यालयले सबै संगठनका प्रतिनिधिलाई बोलाएर छलफल गरिसकेको छ । यस विषयमा आईएलओले सरकारलाई समेत पत्राचार गरिसकेको जानकारी दाहालले दिइन् ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.