राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार ११:४१

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

पौडेलले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमसहितको सम्बोधन स्वीकृत गरेको हो ।

Advertisement

राष्ट्रपति पौडेलले ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन तथा संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले आगामी वर्षका आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनसँग सम्बन्धित नीति तथा योजनाहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सम्बोधनपछि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि संघीय संसद्मा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.