नियमावली फिर्ता पठाउन कांग्रेसको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १४:३७

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीलाई पुनर्लेखनका लागि समितिमै फिर्ता पठाउन माग गरेका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले नियमावलीमा रहेका कतिपय प्रावधान संविधान र कानुन विपरीत भएको दाबी गरे।

उनले नियमावलीलाई ‘विशेष कानुन’ का रूपमा व्याख्या गर्ने प्रयास गरिएको भन्दै यसलाई हाल संसद् बैठकमा टेबुल नगर्न माग गरे। नियमावलीका कतिपय बुँदा प्रचलित ऐनहरूसँग बाझिएको उनको भनाइ छ।

Advertisement

‘नियमावलीमा विवादित ऐनहरू बाझिएका छन्। अन्य कानुनले छुनै नसक्ने गरी यसलाई कसरी राख्न सकिन्छ? त्यसैले यो नियम अहिले टेबुल नगरेर समितिमा पठाइयोस् र पुनर्लेखन गरेर मात्र ल्याइयोस्,’ सचेतक राईले बैठकमा भने। विपक्षी दलहरूले नियमावलीका केही प्रावधानले संसद्को अधिकार खुम्च्याउन खोजेको भन्दै विरोध जनाउँदै आएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.