कानुन मन्त्री गौतमद्वारा सदनमा ३ अध्यादेश पेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १५:००

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गरेकी छन्।

सदनमा मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ पेस गरेकी हुन्।

Advertisement

सरकारले संसद् अधिवेशन नचलेको अवस्थामा जारी गरेका यी अध्यादेशहरू आजको बजेट अधिवेशनको पहिलो दिनमै सदनमा पेस गरिएको हो। यी अध्यादेशमार्फत सम्बन्धित कानुनहरूमा संशोधन गरी राज्यको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने सरकारको अपेक्षा छ। विपक्षी दलहरूले भने संसद् छलेर अध्यादेश ल्याइएको भन्दै विरोध जनाउँदै आएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.