
काठमाडौं । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भिजिट वर्ष मनाउने घोषणा गरेका हुन् । भिजिट वर्षको तयारी आगामी वर्ष गरिनेछ ।
आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरिनेछ । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने सरकारको नीति छ ।

























