चैतमा भित्रियो २ खर्ब ९ अर्बको रेमिट्यान्स

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १८:५५

काठमाडौं । चालुआर्थिक वर्ष चैत महिनामा नेपालमा २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च रकम हो ।

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलर बराबर १ सय ५२ रुपैयाँ पुगेको छ । चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

चैत २०८२ मा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ छ । पुनःश्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २ सय ५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमश ३ लाख ५८ हजार २ सय २२ र २ लाख ४९ हजार ६ सय ५२ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.