घट्यो सुनको मूल्य

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ११:२७

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.