राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ११:२७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी व्यक्तिगत आयकर बुझाउने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर गत आर्थिक वर्षमा सबैभन्दा बढी कर योगदान गर्ने करदाताको नाम सार्वजनिक गरेको हो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर बुझाउने करदाताका रूपमा शाह सम्मानित भएका हुन् ।

त्यसैगरी, संस्थागततर्फ सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । विभागले सूर्य नेपालसहित विभिन्न २० वटा संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको जनाएको छ ।

सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यस अवसरमा राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गर्ने परम्परा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.