
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको छ।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी तोलामा ३ सय ५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ८ सय ८३ रुपैयाँ तोकिएको छ।


















