सुरु भयो  ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १२:५८
सुरु भयो  ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’

झापा । सडक पेटीमा कोही पनि बेसहारा भएर कष्टपूर्ण जीवन बिताउन नपरोस् भन्ने उद्देश्यका साथ  ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ सुरु भएको छ। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सोमबार साँझ पूर्वी नाका काँकडभिट्टास्थित मेची पुलमा दीप प्रज्ज्वलन गरी यस अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

आगामी जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने यस उद्धार यात्राको शुभारम्भ समारोहमा गायिका एवं आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले सम्बोधन गरे ।

सो अवसरमा आनी छोइङ डोल्माले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको बताउँदै यो पुण्य कार्यमा सहभागी हुन र सहयोग पुर्‍याउन सम्पूर्णलाई आव्हान गरेकी छन् । उनकै नेतृत्वमा २६ जना स्वयंसेवकको टोली मेची–महाकाली यात्रामा निस्किएको छ। यात्राका क्रममा सडकमा रहेका सहयोगापेक्षी मानवहरूको उद्धार गरी सम्बन्धित जिल्लाका आश्रमहरूमा व्यवस्थापन गरिने छ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आश्रमले विगत १३ वर्षदेखि सडक आश्रित मानवहरूको उद्धार, औषधि उपचार र सामाजिक पुनर्मिलनका लागि निरन्तर योगदान पुऱ्याउँदै आएको जानकारी दिए । आश्रम र फाउन्डेसनबीचको सहकार्यमा यो तेस्रो पटक यस्तो बृहत् अभियान सञ्चालन गर्न लागिएको हो ।

हाल मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २३ वटा शाखामार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ। ७७ वटै जिल्लाबाट आफन्त र सहारा गुमाएका व्यक्तिहरूको उद्धार गरी उनीहरूको मानवोचित व्यवस्थापन गर्नु नै यस यात्रा र आश्रमको मुख्य लक्ष्य रहेको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.