सेयर बजारमा पहिरो : नेप्से ३९ अंकले घट्दा ४ अर्ब ६६ करोडको कारोबार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:२८

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार भने ओरालो लागेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेर २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकै भोलिपल्ट बजारमा गिरावट देखिएको हो । नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराउने, नेप्सेको पुनर्संरचना गर्ने र बन्ड बजार विस्तार गर्ने जस्ता पुराना विषय दोहोरिए पनि कार्यान्वयन पक्षमा लगानीकर्ताले विश्वास गर्न नसक्दा बजार प्रभावित बनेको हो ।

Advertisement

बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज जम्मा १३ कम्पनीको मूल्य बढ्दा २५१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । सबैजसो उपसमूहका सूचक राताम्मे भएका छन् । जसमा व्यापार समूह २.३३, हाइड्रोपावर २.२२, फाइनान्स २.०३ र होटल तथा पर्यटन समूह २.०२ प्रतिशतले घटे ।

आज धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो भने फर्स्ट माइक्रोफाइनान्सको मूल्य १२.४० प्रतिशतले घट्यो । त्यस्तै झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होटल फरेस्ट इनको मूल्यमा पनि उल्लेख्य गिरावट आयो । धेरै कारोबार हुने कम्पनीहरूमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल अगाडि रहे ।

तपाइको प्रतिक्रिया
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
अनलाइन सञ्चारमाध्यम नियमन गर्न सरकारलाई आयोगको निर्देशन
मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’, ४ जना पक्राउ
अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.