५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:३५

काठमाडौं । सङ्घीय संसद्का ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । सङ्घीय संसद् सचिवालयको सांसद सुविधा शाखामा उनीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण पेस गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार संसद् सचिवालयले सूचना जारी गर्दै सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो ।

Advertisement

सचिवालयका अनुसार प्रतिनिधिसभाका सदस्यहरूले आगामी जेठ १० गतेसम्ममा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने समयसीमा तोकिएको छ । हाल सङ्घीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहेका छन् । तोकिएको समयभित्र विवरण नबुझाउने सार्वजनिक पदधारी व्यक्तिलाई कानुनी कारबाहीको व्यवस्था समेत रहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
अनलाइन सञ्चारमाध्यम नियमन गर्न सरकारलाई आयोगको निर्देशन
मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’, ४ जना पक्राउ
अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.