अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १६:४४

अर्घाखाँची। अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ज्यान गुमाउनेमा ३ महिला र १ पुरुष रहेका छन् ।

सुपा देउराली मन्दिरको दर्शन गरी फर्कँदै गरेका पर्वतका यात्रु सवार ध १ ख ५०४ नम्बरको रिजर्भ बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

करिब ३० जना सवार उक्त बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाइएको छ । थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.