
काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा)को बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संयुक्त सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पेस गर्ने कार्यसूची छ । त्यसपछि सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने तथा दर्ता गरिएका संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संसद् सचिवालयका अनुसार बैठकमा उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहले दिने कार्यक्रम रहेको छ । सरकारले आगामी आर्थिक वर्षका प्राथमिकता, विकास योजना र आर्थिक सुधारका विषय समेटिएको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको थियो ।


















