बालेन नबोल्ने, जवाफ अर्थमन्त्रीबाट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १२:११

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएयता संसदमा कम देखिँदै आएका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आज (बुधबार) पनि प्रतिनिधिसभामा नबोल्ने भएका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्री स्वयं उपस्थित नहुने भएपछि सरकारको तर्फबाट जवाफ अर्थमन्त्रीमार्फत दिइने भएको हो । प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेछन् ।

Advertisement

उनले सरकारको नीति, प्राथमिकता र कार्यान्वयनबारे सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ दिने तयारी छ । प्रधानमन्त्रीको लगातार अनुपस्थितिलाई लिएर संसदभित्र आलोचना बढ्दै गएको छ ।

विपक्षीहरूले यसलाई संसदीय उत्तरदायित्वबाट टाढिने प्रवृत्तिको रूपमा टिप्पणी गरेका छन् । यता सरकार पक्षले भने कार्यव्यवस्था र जिम्मेवारी बाँडफाँटअनुसार अर्थमन्त्रीलाई जवाफ दिन लगाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.