राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १५:४६

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेस गरिएको छ। बुधबार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही कार्यक्रमलाई निर्णयार्थ अघि बढाउन र सदनमा विस्तृत बहसका लागि अर्थमन्त्रीले प्रस्ताव राखेसँगै राष्ट्रिय सभामा छलफलको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका १९ जना सांसदले विभिन्न बुँदामा विमति र सुधारको माग गर्दै ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। दर्ता भएका संशोधन प्रस्ताव र नीति तथा कार्यक्रमका प्राथमिकतामाथि अब सांसदले धारणा राख्नेछन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.