
काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरेका छन्। सरकारले यसअघिका सबै राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेसँगै उनले राजीनामा दिएका हुन्। निगमको नेतृत्व सम्हालेको छोटो समयमै उनले पद छाड्ने निर्णय लिएका छन्।

























