नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ०७:१२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ ।

छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जवाफ दिने कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Advertisement

बुधबारको बैठक भने प्रतिपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । बिहीबारको बैठकबाट नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ । यही अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पनि संसद्मा प्रस्तुत गरिनेछ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि बिहीबार बिहान ११ः१५ बजे बस्नेछ । उक्त बैठकमा समेत नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.