छत ढलान भत्किँदा दुई जना मजदुरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ०८:१८

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा घरको छतमा प्लास्टर गर्ने क्रममा भएको दुर्घटनामा दुई जना मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन चार तले पक्की घरको छत भत्किँदा उनीहरू जमिनमा खसेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ मलंगवा नगरपालिका–१० स्थित रञ्जित यादवको घरमा दुर्घटना भएको हो । उक्त घरको छतमा पानी ट्यांकी राख्ने उद्देश्यले ढलानमाथि प्लास्टर गर्ने काम भइरहेको थियो । सोही क्रममा अचानक छतको भाग भत्किँदा काम गरिरहेका मजदुरहरू तल खसेका थिए ।

दुर्घटनामा परेर मलंगवा नगरपालिका–२ का करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ काकरिब ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको सर्लाहीका प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले बताए । उनका अनुसार दुवै जना निर्माण कार्यमा खटिएका मजदुर हुन् ।

प्रहरीका अनुसार काम गरिरहेको अवस्थामा छतको संरचना कमजोर भएको कारण ढलानसहितको भाग भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.