वैदेशिक रोजगार ठगीमा संलग्न लावती रेड नोटिसको आधारमा युएईबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १२:२३
नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त सुवास लावती पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय लावतीलाई एनसिबी अबुधाबी युएईको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

लावतीमाथि वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई सर्बिया पठाइदिन्छु भन्दै ११ लाख ६१ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितबाट उक्त रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाई उनी फरार भएका थिए।

Advertisement

उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८२ साउन २६ गते रेड नोटिस जारी गरेको थियो। पक्राउ परेका लावतीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल बुझाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.