
काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। बिहीबार प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम गरिएको छ।

























