पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १२:२८

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने बताए। ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस्,’ नेता आङ्देम्बेले भने।

उनले पूर्वगृहमन्त्री गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे। सरकारले समिति गठन गर्नुलाई सकारात्मक कदम भन्दै उनले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने स्पष्ट पारे। समितिले कुनै पनि राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने आङ्देम्बेको भनाइ छ।

Advertisement

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनले राजीनामा दिएको तीन साता बितेपछि सरकारले छानबिन समिति गठन गरेको हो। सरकारले बिहीबार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको छ।

तपाइको प्रतिक्रिया
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.