
काठमाडौं। काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना महिला कैदी भागेकी छन्। कारागारको महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन्।
शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको झ्यालबाट चढेर पर्खाल नाघ्दै उनी भागेकी उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले बताए। नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो।
कैदी फरार भएको घटनाबारे अहिले गहन अनुसन्धान भइरहेको एसएसपी धितालले जानकारी दिए। हाल केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन्। यसअघि पनि उक्त महिला बन्दी गृहमा २०८२ फागुन १ मा झडप भएको थियो। अहिले सो बन्दी गृहमा ३ सय जनाभन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ।

























