पाँच प्रदेशमा पानी पर्ने सम्भावना, तराईमा हावाहुरीको चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०६:००

काठमाडौं । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले विभिन्न पाँचवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) कोशी, बागमती, गण्डकी, कर्णाली र केही अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको हो । महाशाखाले कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने जनाएको छ ।

Advertisement

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ ।

कोशी र मधेश प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.