हराएका पर्यटकको शव भेटियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०६:०७

कास्की । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा हराएका एक पर्यटक मृत अवस्थामा फेला परेका छन् । गत वैशाख ३० गतेदेखि हराएका ती पर्यटक काठमाडौंस्थित सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको खुलेको छ ।

मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीसहितको टोलीले मर्दी हिमालको माथिल्लो भ्यू पोइन्ट नजिक ठूलो पहाडमुनिको खोँचमा शव भेटेको हो । हिउँमा देखिएको डामका आधारमा खोजी गर्दै जाँदा भिरभन्दा तल कपडा देखिएपछि टोली तीन घण्टा लगाएर तल पुगेको थियो ।

Advertisement

कठिन भौगोलिक अवस्थाका कारण शव तत्काल निकाल्न नसकिएको जनाइएको छ । हेलिकप्टरमार्फत शव निकाल्न प्रशासन, प्रहरी र गाउँपालिकासँग समन्वय गरिएको भए पनि समयमै हेलिकप्टर नपुगेपछि उद्धार टोली फर्किएको अध्यक्ष तामाङले बताए ।

भिक्षु धामिसरो मर्दीको भ्यू पोइन्ट पुगेपछि झोला राखेर आसपास घुम्न निस्किएका थिए । साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.