झापामा दुर्घटना, विराटनगरमा मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०६:२२

विराटनगर । दुर्गापुर–खुदुनाबारी सडक खण्डअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका–४ मा दुर्घटनामा परेका एक जनाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ जाँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार बिहान १०ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमार गम्भीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो ।

नोबेल अस्पतालमा उपचारकै क्रममा साँझ ७ः२५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.