भारत लैजान लागिएको एक हजार किलोभन्दा बढी स्याउ बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १०:१४

झापा । तस्करी गरेर भारततर्फ लैजान खोजिएको एक हजार किलोभन्दा बढी स्याउ प्रहरीले झापाबाट बरामद गरेको छ ।

झापा गाउँपालिका–१ बिलाईतिवारीबाट नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार दिउँसो स्याउ बरामद गरेको हो । बारुद्धिन शेखको घरमा भण्डारण गरेर राखिएको एक हजार ८० किलो स्याउ बरामद गरिएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

Advertisement

उनका अनुसार घरमा स्याउ लुकाइछिपाइ राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले छापा हानेको थियो । छापा हान्ने क्रममा बिल बीजक बिनको स्याउ बरामद भएको जानकारी खड्काले दिए ।

स्याउको मूल्य ३ लाख २४ हजार रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट स्याउ भारत तस्करीका लागि भण्डारण गरिएको पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.