
विराटनगर । विराटनगरको एभरेस्ट कलेजमा कक्षा ११ मा अध्ययनका लागि करिब ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
एसइई उत्तीर्ण विद्यार्थीहरूले कक्षा ११ मा अध्ययनका लागि परीक्षा दिएका हुन् । कलेजका भाइस प्रिन्सिपल टी एन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका थिए । उनीहरूले विज्ञान तथा व्यवस्थापन संकायको अध्ययनका लागि परीक्षा दिएका हुन् ।
कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन विषयको अध्यापन हुने गरेको छ । एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी राखेर अध्यापन गराउने एभरेस्टले विज्ञानतर्फ चार सेक्सन र व्यवस्थापनतर्फ दुई सेक्सन मात्र अध्यापन गराउने जनाएको छ ।
कलेका प्रिन्सिपल टीकाराम पुरीले निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नुको उद्देश्य गुणस्तरीय शिक्षाका लागि रहेको बताए । एभरेस्ट आफैंमा एउटा ब्रान्ड रहेकाले गुणस्तरलाई अत्यन्त ख्याल गरिने उनले बताए । अत्यन्त सुविधा सम्पन्न भौतिक पूर्वाधारमा उच्चतम प्रविधियुक्त शैक्षिक वातावरणमा अध्यापन हुने एभरेस्ट विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको उनले बताए ।
सीमित संख्या, गुणस्तरीय शैक्षिक वातावरण, स्थिर उत्कृष्ट नतिजा, विभिन्न अतिरिक्त क्रियाकलाप र अन्तर्राष्ट्रिय फोरमहरूको उपयोग गर्ने वातावरणका कारण विद्यार्थी र अभिभावक आकर्षित हुँदै गएको हो ।

























