
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट साेमबार राति पक्राउ परेका हुन् ।
वीरगञ्जको दियोलो होटलबाट प्रहरीले उनलाई ‘माथिको आदेश’ भन्दै पक्राउ गरेको हो ।कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएकाे छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । वीरगञ्जमा उनी आज हुने कार्यक्रममा सहभागी हुने तयारीमा थिए ।
वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले आलोचना गरिरहेका छन् ।

























