विराटनगरमा ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार बालिकासहित दुई जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १८:२०

विराटनगर । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार विराटनगरबाट रानीतर्फ आउँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटना अन्दाजी ४ः५० बजेतिर भएको हो । बुलेट सडकमा मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Advertisement

दुर्घटनामा परेर अन्दाजी ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन ।

गम्भीर घाइते अवस्थामा कोशी अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दर्घटनास्थलमा ठूलो भिड जम्मा भएको छ । आक्रोशित भिडले बुलेटसमेट तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट बुलेटको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले भिडलाई सम्झाइबुझाइ गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.