चारवटा प्रदेशमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०६:२२

काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आज (बुधबार) पनि मौसम बदली रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।

Advertisement

महाशाखाले दिउँसोदेखि ती प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली हुने जनाएको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । तर, तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने जनाइएको छ । मौसमविद्ले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन आग्रह गरेका छन् ।

बुधबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्यासहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.