नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०९:२१
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौं । प्रकृति तथा पर्यावरण संरक्षणमा विगत पाँच दशकदेखि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई सम्मान  गरेको छ।

कोषको ३३ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा सेनालाई उक्त सम्मान प्रदान गरिएको हो ।

Advertisement

नेपाली सेना वि. सं. २०३२ देखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको जिम्मेवारीमा तैनाथ हुँदै आएको छ । हाल सेनाले मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको सुरक्षा प्रदान गरिरहेको छ। यस कार्यका लागि आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयमार्फत आठ हजारभन्दा बढी फौज निरन्तर परिचालित छन् ।

सेनाको सक्रिय सुरक्षाका कारण नेपालमा दुर्लभ वन्यजन्तुको संख्यामा उत्साहजनक वृद्धि भएको छ । तथ्यांक अनुसार सन् २००९ मा १२१ को संख्यामा रहेका पाटे बाघ हाल ३५५ पुगेका छन् । त्यसैगरी, सन् २००५ मा ४०० को हाराहारीमा रहेका एकसिंगे गैँडाको संख्या हाल ७५२ पुगेको छ।

जटिल भौगोलिक बनावट, प्रतिकूल मौसम र अनेकौँ चुनौतीका बाबजुद प्रकृति संरक्षणको जिम्मेवारी निर्वाह गर्ने क्रममा हालसम्म ११६ जना नेपाली सैनिकले आफ्नो ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.