कोशीको बजेट अधिवेशन सुरु हुँदै, खेलकुद ऐन पहिलो संशोधन अध्यादेश टेबुल हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १०:५१
भाषा सम्बन्धी विधेयक : गैरसरकारी विधेयकको विपक्ष उभिन सत्तापक्षको ह्वीप 

विराटनगर । कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आज (बुधबार)बाट सुरु हुँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठकमा तीनवटा कार्यसूची रहेका छन् । सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार अधिवेशनको सुरुवात प्रदेश प्रमुखबाट आएको पत्र जानकारी गराउने र त्यसपछि राजनीतिक दलका तर्फबाट मन्तव्य हुनेछ ।

Advertisement

पहिलो दिनको अन्तिम कार्यसूची भने सामाजिक विकास मन्त्रलायअन्तर्गत प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश टेबुल हुने उनले बताए । वैशाख २३ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट उक्त अध्यादेश स्वीकृत गरिएको थियो । अध्यादेशलाई ६० दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुँदा प्रदेशसभामा टेबुल हुने सूचना अधिकारी ढकालले जानकारी दिए ।

त्यस्तै, बिहीबार प्रदेशको नीति तथा कार्यक्रम ल्याउने सचिवालयले जनाएको छ । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले २०८२ भदौ २४ गते आगजनी र तोडफोड गरेर विराटनगरको देवकोटा चौकस्थित प्रदेशसभा भवन ध्वस्त बनाएपछि प्रदेशसभालाई अस्थायी रुपमा मोरङको कटहरी गाँउपालिकास्थित महेशपुरमा सारिएको थियो ।

तर, त्यहाँसमेत बैठक बस्न नसकेपछि विराटनगरको वीरेन्द्र सभागृहमा अस्थायी रुपमा बैठकले निरन्तरता पाइरहेको छ । यसअघि, गत वर्ष अर्थात् २०८२ साल चैत्र २३ गते हिउँदे अधिवेशनको अन्तिम बैठक सभागृहमै सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.