कचनकवलमा आगलागी : दुई घर जल्यो, १७ लाख बराबरको क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १७:१९

झापा । झापाको कचनकवल गाउँपालिका–५ डागाँबारीमा बुधबार दिउँसो भएको आगलागीबाट दुई घर र एउटा भान्सा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

दिउँसो १२ः२० बजे मैरदिन मियाँको टिनको छाना र प्लास्टिकले बनेको भान्सा घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगोले भान्सामा रहेको अन्नपात, भाँडाकुँडा, दाउरा लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Advertisement

आगलागी फैलिँदा दाजु मैनुदिन मियाँको मूल घरमा समेत आगो पुगेको थियो । घरभित्र रहेको अन्नपात, चामल, लत्ताकपडा, नगद, सुनचाँदी, जिन्सी सामान, भाँडाकुँडा तथा काठ जलेर करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी भद्रपुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा दिउँसो १ः३० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन ।

आगलागीबाट जम्मा १७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने बताउँदै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.