प्रसाईं पक्राउबारे सर्वोच्चले माग्यो लिखित कारण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १९:०७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउको कानुनी आधार स्पष्ट गर्न आदेश दिएको हो ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रसाईंलाई किन र कुन आधारमा पक्राउ गरिएको हो भन्ने लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । साथै, अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई प्रसाईंसम्बन्धी अनुसन्धान फाइल समेत पेस गर्न आदेश दिएको छ ।

Advertisement

प्रसाईंलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो । उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन गएका बेला नियन्त्रणमा लिइएको बताइएको छ । तर, उनलाई पक्राउ गर्नुको औपचारिक कारण भने सार्वजनिक गरिएको छैन ।

उनका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो । रिटमा पक्राउ गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको थियो ।

अदालतको आदेशसँगै अब सरकार पक्षले प्रसाईं पक्राउको आधार, अनुसन्धानको अवस्था र उनलाई नियन्त्रणमा लिनुको कारण स्पष्ट रूपमा पेस गर्नुपर्ने भएको छ । अदालतले मुद्दालाई प्राथमिकताका साथ अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.