यस्तो रहने छ बिहीबारको मौसम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०६:१९

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशका विभिन्न भू–भागमा आज (बिहीबार) मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

Advertisement

हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ ।

मधेश प्रदेशका केही भू–भाग तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ । यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.