सुनसरीको दुहबीमा दुर्घटना, विराटनगरकी खरेलको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०६:३३

विराटनगर । सुनसरीको दुहबीमा बुधबार दिउँसो दुर्घटना हुँदा विराटनगर घर भएकी एक जना महिलाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८ स्थित पशुपति खाद्य उद्योगअगाडि प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दिउँसो ३ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कुटर दुर्घटनामा परेर विराटनगर महानगरपालिका–३ की ४२ वर्षीया खगमाया खरेलको मृत्यु भएको हो ।

Advertisement

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता, डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी खरेललाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा पठाइएको थियो । उपचारकै क्रममा साँझ ७ बजे मृत्यु भएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

स्कुटर प्रहरीको नियन्त्रणमा छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.