
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार तोलाको २ लाख ९२ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ५० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य बुधबार ४ हजार ९ सय ६० रूपैयाँ थियो ।



















