
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ । प्रधानको ९७ वर्षको उमेरमा निधन भएको हो ।
प्रधानको निधनको शोकमा बिहीबार सर्वोच्च अदालतका इजलास बन्द हुने भएका छन् । पूर्वन्यायाधीशको निधनको शोकमा इजलास सञ्चालन नगरिने सर्वोच्चले जनाएको छ ।




















