कोशीको लोकसेवा आयोगमा दुई जना सदस्य नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १८:५१

विराटनगर । कोशी प्रदेशको लोकसेवा आयोगमा रिक्त सदस्य पदमा दुई जनालाई नियुक्त गरिएको छ । सदस्यमा भीमबहादुर सुब्बा र रुपा थापा ओझालाई नियुक्त गरिएको हो ।

आयोगका नवनियुक्त सदस्यहरु बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Advertisement

त्यसअघि प्रदेश प्रमुख खापुङले सुब्बा र ओझालाई नियुक्तिपत्र प्रदान गरेका थिए । सदस्य नियुक्त गरिएसँगै लोकसेवा आयोगलाई काम गर्न सहज हुने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.