संसदमा अवरोध कायमै, वैकल्पिक विकास वित्त विधेयक पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १९:०३

काठमाडौं । प्रतिनिधिसभाले प्रतिपक्षी दलहरूको अवरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको छ ।

बिहीबारको संसद बैठकमा विपक्षी दलहरूले विभिन्न माग राख्दै लगातार अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाएका थिए । अवरोधकाबीच पनि बैठक सञ्चालन गर्दै सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएको’ घोषणा गरे ।

Advertisement

त्यसपछि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विधेयक निर्णयार्थ प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्री वाग्लेले विधेयक पारितका लागि औपचारिक रूपमा प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको घोषणा गरिएको हो ।

विपक्षी दलहरूले संसदमा नाराबाजी जारी राख्दै सरकारको प्रक्रिया असन्तुलित भएको आरोप लगाएका थिए । तर, सभामुखले बैठक नरोकी कार्यसूची अघि बढाएपछि विधेयक पारित भएको हो ।

यो विधेयक वैकल्पिक स्रोतबाट विकास वित्त परिचालन गर्ने कानुनी आधार तयार गर्न ल्याइएको हो । जसले पूर्वाधार तथा विकास परियोजनामा निजी र वैकल्पिक लगानी आकर्षित गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.